२०८१ बैशाख २३ , आइतवार

३२ वर्षपछि रजनीकान्त र अभिताभ एउटै पर्दामा देखिँदै

सुनाखरी न्युज  / काठमाडौं –  अभिनेता अमिताभ बच्चन र रजनीकान्त ३२ वर्षपछि एउटै फिल्ममा देखिने भएका छन ।साउथ र हिन्दी फिल्म उद्योगका मेगास्टार यी दुई दिग्गज अभिनेता फिल्म ‘थलाइवर १७०’मा सहकार्य गर्न लागेका हुन् । तमिल सुपरस्टार रजनीकान्त हाल ‘जेलर’ र ‘लाल सलाम’मा व्यस्त छन् ।

 

यो रजनीकान्तको करियरको १ सय ७०औं फिल्म हो । फिल्ममा अमिताभको महत्त्वपूर्ण भूमिका रहनेछ । फिल्मपछि रजनीकान्त निर्देशक टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’ मा देखिनेछन । फिल्ममा अमिताभ बच्चनसँगै तमिल अभिनेता सूर्याको केमियो पनि देख्न सकिन्छ । यस फिल्ममा मलयालम अभिनेता मोहनलाल र ज्याकी श्राफ पनि देखिनेछन । यो फिल्म यसै वर्ष प्रदर्शन हुने जनाइएको छ ।

 

रजनीकान्त अहिले फिल्म ‘जेलर’को सुटिङमा व्यस्त छन् । अमिताभ बच्चन र रजनीकान्त पछिल्लो पटक सन १९९१ को एक्सन ड्रामा ‘हम’मा सँगै देखिएका थिए ।‘ थलाइवर १७०’ सत्य घटनामा आधारित फिल्म हुनेछ । फिल्ममा अनिरुद्ध रविचन्द्रले संगीत दिनेछन । फिल्ममा रजनीकान्त प्रहरी अफिसरको भूमिकामा देखिनेछन ।