२०८१ जेठ ६ , आइतवार

जुन सुकै समयमा काँक्रो नखानुहोस, जान्नुहोस खाने समय

सुनाखरी न्युज / काठमाडौं –  गर्मी मौसममा काँक्रोको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । शरीरलाई हाइड्रेटेड राख्नुका साथै यो हाम्रो छालाको लागि पनि निकै फाइदाजनक हुन्छ ।काँक्रोलाई हामी अचार, सलाद र तराकारीको रुपमा पनि खान्छौँ । काँक्रोमा भिटामिन र मिनरल्स पर्याप्त मात्रामा पाइन्छ ।

 

यसका साथै काँक्रोमा वाटर कन्टेन्ट बढी मात्रामा हुन्छ, जसले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ । यति धेरै गुणले भरिपूर्ण हुँदाहुँदै पनि धेरै मानिसहरु यस्ता छन् जसका लागि यसको सेवन फाइदाजनक नभई समस्याको कारण बन्छ ।काँक्रोलाई सधैँ दिउँसो मात्र सेवन गर्नु पर्छ । यदि काँक्रो राति खाइयो भने यसले शरीरलाई विभिन्न हानि पुर्याउँछ ।

 

काँक्रो खाने सहि समय कुन हो ?
स्वास्थ्य विशेषज्ञले दिउँसोको समयमा मात्र काँक्रो सेवन गर्ने सल्लाह दिएका छन् । किनभने यसमा विभिन्न स्वास्थ्य लाभ जोडिएको छ । काँक्रो सेवनबाट वजन कम गर्न सहयोग प्राप्त हुन्छ । काँक्रोमा ९५ प्रतिशत पानी समावेश भएकाले शरीरलाई हाइड्रेट राख्छ । काँक्रो खानाले मेटाबोलिक दर बढाउन पनि मद्दत गर्छ, जसका कारण पेटसँग सम्बन्धित समस्याहरू पनि कम हुन्छ।

 

राति काँक्रो खाँदा हुने बेफाइदा

१‍‍। काँक्रोमा पानीको मात्रा बढी हुन्छ । यसका साथै यसको प्रभाव चिसो हुने भएकाले राती सेवन गर्दा कफ दोषको समस्या बढ्न सक्छ । त्यसैले रातको समयमा यसबाट बच्नुपर्छ।

२। राती काँक्रो खाँदा तपाईंको आन्द्राको चालमा दबाब पर्ने सम्भावना बढ्छ। जसका कारण निद्रामा समस्या हुन सक्छ ।