२०८१ बैशाख २३ , आइतवार

बलीवुड चर्चित अभिनेता ढिल्लोंको निधन

सुनाखरी न्युज  / काठमाडौं – बलीवुड चर्चित अभिनेता मंगल ढिल्लोंको निधन भएको छ । लुधियानाको एक क्यान्सर अस्पतालमा   निधन भएको हो ।  ढिल्लोंको पैतृक गाउँ फरिदकोटमा पारिवारिक स्रोतले यसको पुष्टि गरेको छ ।

‘खून भरी मांग’, ‘दलाल’ र ‘तूफान मेल’ जस्ता बलीवुड फिल्ममा काम गरेका थिए । बलीवुड फिल्म साथेै पञ्जाबी फिल्ममा पनि थुप्रेै काम गरेका थिए ।

 

उनका पञ्जाबी फिल्ममा  ‘करंट’, ‘जिंदगी एक जुआ’ र ‘हीर–रांझा’ जस्ता फिल्म छन । मंगल ढिल्लों, पञ्जाबमा फरिदकोटमा बस्थे । सन् १९९४ मा उनले रितु ढिल्लोंसँग विवाह गरेका थिए । अभिनेता यशपाल शर्माले पनि एक फेसबुक पोस्टमार्फत उनको निधनको खबर पुष्टि गरेका छन् ।एजेन्सी