२०८३ श्रावण १९ , मंगलबार

मध्यनेपाल -पोखरा सम्पर्क समाज गठन

शिशिर उजाड/ पोखरा । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाबाट पोखरा र यस क्षेत्रमा स्थायी,तथा अस्थायी बसोबास गर्नेहरुको भेलाले रामबहादुर पौडेलको अध्यक्षतामा १३ सदस्यीय मध्यनेपाल -पोखरा सम्पर्क समाज गठन गरेको छ।

समितिको उपाध्यक्षमा गोकर्ण प्रसाद रेग्मी, सचिवमा महेन्द्रमणि पौडेल, कोषाध्यक्षमा पुस्पा गुरुङ, सहसचिवमाभुवन ढकाल र सदस्यहरुमा विण्णु घिमिरे, राधेश्याम जोशी,रूपिन्द् प्रभावि जोशी,विजी गुरुङ,सिता घिमिरे, इन्दिरा रेग्मी, कमला पौडेल,दोर्जे दुरा चयन हुनुभएको छ।

भेलाले ९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको सचिव महेन्द्रमणि पौडेलले जानकारी दिनुभयो। जसमा पारसमणि पौडेल, रमेशकुमार पाण्डे,उदय प्रसाद घिमिरे, बाबुराम रानाभाट, रत्नमान गुरुङ,भुपालजंग कुँवर, विष्णुराज पराजुली, कृष्णप्रसाद अधिकारी र प्रकाशमणि अधिकारी हुनुहुन्छ।

समाजले १ वर्षभित्र साधारणसभा सम्पन्न गरी अर्को समिति गठन गर्ने समेत निर्णय गरेको छ।यसैगरी संस्थाको विधान अनुसार संरक्षक सदस्य बन्नको लागि रु विसहजार प्रदान गर्नुपर्ने अनुसार उक्त रकम प्रदान गरि पहिलो संरक्षक सदस्य बन्नुहुने दम्पतीद्वय रामहरि पौडेल तथा अन्जनादेवी घिमिरे पौडेल लाई समाजले धन्यवाद ज्ञापन गरेको छ।