२०८१ जेठ ६ , आइतवार

नरिवलको तेलसँग यी चिज मिलाएर कपालमा लगाउनुहोस, मिल्नेछ यस्ता फाइदा !

सुनाखरी न्युज / काठमाडौं –  नरिवलको तेल कपाल र छाला दुबैको लागि राम्रो मानिन्छ। यदि तपाईं नरिवलको तेलले चायाँ, रुखो कपालबाट छुटकारा पाउन चाहानुहुन्छ भने यी चीजहरूलाई नारियलको तेलमा मिक्स गर्नुहोस्। जान्नुहोस् नरिवलको तेलबाट हेयर मास्क कसरी तयार गर्ने एलोभेरा वा घ्यूकुमारी र नरिवलको तेल दुवै कपाललाई स्वस्थ राख्नका लागि एकदमै फाइदाजनक छन् ।

 

एलोभेरा र नरिवल तेल लगाउने विधि

यसलाई प्रयोग गर्न एउटा कचौरामा कपालको लम्बाई अनुसार आवश्यक नरिवलको तेललाई मनतातो बनाउनुहोस् र यसमा १ देखि २ चम्चा एलोभेरा जेल राखेर फिट्नुहोस् । उक्त मिश्रणलाई कपालको जरादेखि पूरै लम्बाईमा लगाउनुहोस् ।

केहीबेर टाउको मालिस गर्नुहोस् र छोड्नुहोस् । अब बिहान हल्का स्याम्पुले टाउको नुहाउनुहोस् । यसलाई हप्तामा दुईपटक प्रयोग गर्न सक्नुहुन्छ ।

 

मेथीर नरिवलको तेलमा पाइने तत्वहरुले कपाललाई पोषण प्रदान गर्छन् र कपालका साथ साथ स्काल्पमा हुने समस्याहरुबाट पनि छुट्कारा पाउन सकिन्छ । नरिवल र मेथीमा हुने गुणले कपाललाई जरैदेखि बलियो बनाउँछ । यसलाई हप्तामा दुईपटक कपाल तथा टाउकोमा लगाउन सकिन्छ ।

प्रयोग गर्ने विधि

नरिवलको तेल र मेथी कपालमा लगाउनका लागि सर्वप्रथम आवश्यक अनुसार नरिवलको तेललाई एउटा भाँडोमा तताउने र त्यसमा मेथीलाई राखेर कालो हुँदा सम्म तेलमा तताउने ।

अब मनतातो भएपछि उक्त तेललाई लगाउन सकिन्छ । यसलाई हप्तामा दुई पटक वा कपाल धुनु अघि लगाएर मसाज गर्न सकिन्छ । यसलाई नियमित गर्नुभयो भने नतिजा आफै देख्नुहुनेछ ।