२०८१ जेठ ६ , आइतवार

जीन्स टाइट लगाउनुहुन्छ ? यस्ता रोग लाग्न सक्छन् !

 

सुनाखरी न्युज / काठमाडौं – अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस् । जीन्स किन्दा जहिले पनि लगाएर अलिकति झुकेर हेर्नुपर्छ । तपाईंको खुट्टा चलाउन सजिलो हुन्छ कि हुँदैन, सबै विचार गर्नुपर्छ ।सानो साइजका लुगा कहिल्यै लगाउनु हुँदैन ।

 

यो लगाउँदा तपाईंको शरीरलाई हानि पुग्छ । भुँडी ठूलो भएका अनि बोसो लुकाउनका लागि कम्मरमुनि जीन्स ( लो वेस्ट जीन्स )  लगाउने मान्छेले स्वास्थ्यलाई हानि गराउँछन् । अब फेशनका लागि त यस्तो जीन्स राम्रै देखिएला तर यसको दीर्घकालीन असर नराम्रो हुन्छ । हामीले लगाउने कपडाले हाम्रो शरीरको आकार निर्धारण गर्छ । अनि भुँडीको बोसो लुकाउनका लागि टाइट जीन्स लगाउँदा बोसो माथि सर्छ र जम्मा हुन थाल्छ । अनि त तपाईंको शरीरले अनौठो र असाधारण आकार लिन थाल्छ ।महिला र पुरुष दुवैले टाइट जीन्स लगाउनु ठीक हुन्न । धेर टाइट जीन्स लगाउँदा पुरुषको अण्डकोष बिग्रेर उनीहरू नपुंसक हुन पुग्छन् । टाइट जीन्सले नसा र मांसपेशी पनि खराब बनाउँछ ।

 

चिकित्सकहरूले कम्पार्टमेन्ट सिन्ड्रोम भनी चिनाउने रोग पनि टाइट जीन्सका कारण लाग्छ । यसले गम्भीर आन्तरिक रक्तश्राव गराउँछ र मांसपेशी फुलाइदिन्छ । हिँडडुल गर्नै अप्ठ्यारो गराइदिन्छ । टाइट जीन्सले मृगौला पनि ड्यामेज गरिदिन्छ । चिपिक्क टाँसिएका जीन्सले तपाईंको सौन्दर्य बढाउनुपर्नेमा तपाईंको आकार नै बदल्न थालेमा तपाईं तत्काल सचेत हुनुपर्छ ।