२०८१ जेठ ५ , शनिवार

रामायणमा राम सीता बन्दै रणवीर र आलिया

 

सुनाखरी न्युज  / काठमाडौं –   दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खानको फिल्म,आदिपुरुष चर्चामा छ। यसैबीच नितेश तिवारीको निर्देशनमा फिल्म, रामायण बन्ने चर्चा सुरू भएको छ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको प्रतिक्षित फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट राम र सीताको भूमिकामा देखिने भएका छन्।

मिडिया रिपोर्टका अनुसार तिवारीले यस फिल्ममा दीपिका पादुकोणको सट्टा आलिया भट्टलाई कास्ट गर्ने निर्णय गरेका छन् ।फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको चरित्रमा देखिनेछन्। निर्माताले आगामी डिसेम्बर २०२३ सम्ममा सुटिङ सुरु हुनेछ। आगामी दीपावलीमा फिल्मको घोषणा हुने निर्माण पक्षले जनाएको छ। केही साताअघि मात्र अभिनेता रणवीरले फिल्मको प्रगतिको बारेमा बुझ्न डीएनईजीको कार्यालय पुगेका थिए।नितेशले फिल्ममा सीताको भूमिकाका लागि आलियालाई फाइनल गरेको अनुमान गरिएको छ ।

 

फिल्ममा आलियालाई लिएर फ्यानहरू सामाजिक सञ्जालमा निकै उत्साहित देखिएका छन् । यो निर्णयमा खुशी व्यक्त गर्दै एक प्रयोगकर्ताले लेखेका छन्– आलियाको हाइट र उनको अभिनय यो भूमिकाका लागि एकदमै परफेक्ट छ । यससँगै रियल लाइफमा पनि आलिया–रणवीर जोडी हुन् ।