२०८१ जेठ ५ , शनिवार

यी हुन भारतका चर्चित रामहरु

सुनाखरी न्युज  / काठमाडौं –  अर्को महिना असार १ गतेदेखि रामायणको कथामा आधारित चलचित्र ‘आदिपुरुष’ प्रदर्शन हुन लागेको हो ।यो चलचित्रमा प्रभाषले रामको भूमिका निर्वाह गरेका छन् भने सीताको भूमिकामा कृति सेनन छिन् । रावणको भूमिकामा सैफ अली खान छन् । साथै आदिपुरुष ठूलो बजेटको चलचित्र हो ।‘आदिपुरुष’चलचित्रमा रामायणलाई फिक्सनमा फिक्सन गरी आधुनिक प्रविधिको प्रयोग गरी नयाँ ढंगले प्रस्तुत गरिएको छ। पहिले पनि रामायणमा आधारित धेरै फिल्म र सिरियल बनेका छन् ।

 

रामायणको रामको भूमिकामा देखिएका रामको चर्चा गरौँ =

– महिपालले सन् १९६१ मा रिलिज भएको फिल्ममा रामको भूमिका निभाएका थिए।

-प्रेम अदीबले आठवटा फिल्ममा रामको भूमिका निभाएका छन्। उनका फिल्महरूमध्ये एक ‘राम राज्य ‘ पनि हो।

 

-सन् १९८७ मा पहिलो पटक टिभीमा रामायण प्रसारण गरेका थिए, जसमा अरुण गोविल रामको भूमिकामा थिए। उनको  अभिनयलाई यति धेरै मन पराइयो कि आज पनि उनी त्यही भूमिकाका लागि चिनिन्छन्।

– जितेन्द्रले पर्दामा श्रीरामको भूमिका निर्वाह गरेका छन्। सन् १९९७ मा रिलिज भएको फिल्म ‘लव कुश’ मा जितेन्द्र श्रीरामको   भूमिकामा देखिएका थिए