२०८२ फाल्गुन ३० , शनिवार

तापक्रम बढ्दो मात्रामा

सुनाखरी न्युज /  काठमाडौं –  नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन्।जेठ १७ यता तापक्रम बढ्न थालेपछि तराईका जिल्लाहरुमा हिट वेभको खतरा बढेको मौसमविद् शान्ति कँडेलले बताइन्।तातो हावा चलेको अवस्थामा पर्यावरण सुख्खा रहने, कम पानि पर्ने हुँदा प्रदुषण बढ्ने र ठुलो वेगको हावा चल्दा भौतिक संरचनाहरुमा क्षति पुग्नासक्ने उनले बताए।३१ मेबाट हेर्दा तापक्रम बढेको देखिन्छ।

 

तराई क्षेत्रमा बढी छ। पहिले यस्तो थिएन। तराई क्षेत्रमा ४० डिग्री बढी छ। हिजोको बेसमा ६ वटा स्टेसनमा हेर्दा ५ वटामै ४० भन्दा बढी छ, कँडेलले भनिन्।भारतको केरलामा हिजोमात्रै मनसुन भित्रिएको थियो। साधरणतय केरलामा मनसुन भित्रिएपछि नेपालको पूर्व क्षेत्रसम्म आइपुग्न करिब १५(१६ दिन लाग्छ। केरलामा मनसुन प्रवेश भइसकेपछि नेपालमा पनि चाँडै मनसुन प्रवेश हुने मौसमविद्‍हरुको भनाइ छ।

 

तर, अहिलेको सुख्खा अवस्थाले मनसुन केही ढिलो हुन सक्ने पनि उनीहरु बताउँछन्।तराईमात्र होइन, काठमाडौंमा समेत तातो हावा चल्न थालेको छ। काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक बृद्धि भइरहेको र देशको तराई भू(भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ।