२०८३ कार्तिक ९ , आइतवार

अवोघ छोराको हत्यामा सम्लग्न बुबा पक्राउ

सुनाखरी न्युज  / काठमाडौं –  श्रीमतीले जन्माएको छोरा अरुको भन्दै घाँटी थिचेर हत्या गरेको कसुरमा पक्राउ परेका जिल्लाको देवताल गाँउपालिका– ४ का वर्ष २४ का नुर आलम अंसारीलाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । खातुनले २०८० बैशाख २६ गते छोरा जन्माएकी थिईन ।

 

काठमाण्डौं बस्दै आएका अन्सारीले छोरा जन्मेको ८ दिनपछि घर आएर बैशाख १४ गते श्रीमती कोठाबाट बाहिर निस्केको मौका पारेर खाटमा सुताइएको शिशुको घाँटी थिचेर हत्या गरेका थिए ।उपचारको लागि कलैया अस्पताल ल्याउने क्रममा शिशुको मृत्य भएको थियो । र धार्मिक परम्परा अनुसार गाउँ नजिकको कब्रस्तानमा छोराको सदगत गरेपछि अन्सारी भने काठमाडौंतर्फ लागेका थिए ।

 

काठमाडौं पुगेर अन्सारीले, ‘तेरो छोरा मरेको हैन, मैले नै घाँटी थिचेर मारेको हुँ, तँलाई पनि यसरी मारिदिन्छु’ भनेर खातुनलाई फोनबाट बारम्बार धम्की दिनथालेपछि घटनाको यथार्थ उजागर भएको हो । श्रीमतीले फोन रेकर्ड सहित उजुरी दिएपछि खोजबिनको क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौको सहयोगमा अन्सारी मंगलवार काठमाण्डौंबाट पक्राउ परेका थिए ।थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधवार नै जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको थियो ।