२०८१ बैशाख १७ , सोमवार

सर्वसाधारणलाई नेपाल रिपब्लिक मिडियाको आईपिओ आजदेखि बिक्री खुला

IPO

सुनाखरी न्युज/ काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज जेठ २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो ।

 

यस निष्काशनमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै कम्पनीका कर्मचारीलाई ८० हजार १ सय ५९ कित्ता शेयर, र सामुहिक लगानी कोष योजनाहरुलाई २ लाख १७ हजार ६ सय ५० कित्ता शेयर पनि कम्पनीले बाँडफाँड गरिसकेको छ।

 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले कार्तिक २ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले कुल ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।

 

नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ। पछिल्लो समय मिडियाहरु पनि शेयर निष्काशन गर्न तयारी गरिरहेका छन् । कान्तिपुर मिडिया र जनता टेलिभिजनले पनि आईपिओ निष्काशन गर्ने तयारी गरिरहेका छन् ।