२०८१ जेठ ७ , सोमवार

पिठोमा किरा नपरोस भन्ने चाहनुहुन्छ भने अपनाउनुहोस यी घरेलु उपाय

सुनाखरी न्युज /  काठमाडौं –  किरा परेपछि यो खान किलकिल लाग्न सक्छ त्यसैले पिठो नै फ्याँक्न बाध्य हुनुपर्छ । आज हामी तपाईंलाई यसबाट पार पाउने केही घरेलु तरिकाबारे जानकारी दिँदैछौँ ।

-पिठोलाई किराबाट जोगाउन तपाईंले ल्वाङ पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले पिठोको डब्बामा ८–१० वटा ल्वाङ     राख्नुहोस् ।
-पिठोमा किरा नपरोस् भन्ने चाहनुहुन्छ भने पिठोलाई चिसो नभएको ठाउँमा राख्नुहोस् ।
-सुजी र पिठोमा कीरा परेका छन् भने, त्यसलाई भाँडा वा सफा कपडामा पिठो हालेर केही समय चर्को घाममा राख्नुहोस् । यसो गर्दा    किराहरू हराउनेछन् ।

 

-मसिनो प्वाल भएको छान्ने लिनुहोस् पिठोमा भएका किरा छान्नेमै अड्किन्छ र यो पूर्ण रूपमा सफा हुनेछन् ।
-पिठोलाई हल्का भुटेर राख्दा पनि किरा पर्ने समस्या हट्छ ।
-ढिके नुनका केही टुक्रा लिएर यसलाई पिठोको डब्बामा राख्नुहोस् । यसले पिठोमा किरा लाग्न दिँदैन ।