२०८१ जेठ ५ , शनिवार

दुब्लो- पातलो भएर चिन्तित हुनुहुन्छ ? यस्ता छन् तौल बढाउने उपायहरु

सुनाखरी न्युज / काठमाडौं –  कोही व्यक्ति जति खानेकुरा खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुँदैनन । जति सुकै प्रोटिनयुक्त वा सन्तुलित खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छन । आफ्नो शरीरलाई लिएर उनीहरु चिन्तित पनि हुन्छन । दुब्लो पातालो भएकै कारण कतिपय मानिसहरु तौल बढाउने अर्थात मोटाउने औषधी खान्छन तर यस्ता औषधीहरुले स्वास्थ्यमा गम्भीर हाने पु¥याउने गर्छ । चिकित्सकहरु पनि यस्ता औषधिहरु सेवन नगर्न सुझाव दिन्छन ।

 

मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ ।चाईअनुसार तौल भएन भनेपनि धेरै प्रकारका समस्याहरु आउन सक्छन् । उचाईअनुसार कम तौल छ भने पनि स्वस्थ मानिदैन । हामीले देखेका छौं, कतिपय व्यक्ति जति खाए पनि साह्रै दुब्ला पातला हुन्छन् । त्यस्ता व्यक्तिहरु हेर्दै टिठ लाग्दो देखिन्छ ।

 

कसरी मोटाउने ?

१। तीब्र रुपमा तौल बढाउनका लागि दैनिक विहान एक गिलास दुध पिउनु राम्रो मानिन्छ । एक गिलास दुधमा १३० देखि १५० क्यालोरी हुन्छ ।
२। विभिन्न रोगका कारण दुब्लोपन भएको छ भने त्यो बेला खान मन लाग्दैन त्यसैले थोरै खाना खाँदा पनि धेरै ऊर्जा प्राप्त हुने खानेकुरा खानुपर्छ ।

३। दुईदेखि तीन घण्टाको फरकमा केही न केही खानेकुरा खाइरहनुपर्छ ।

 

४। एउटा अण्डाको सेवनले शरीरमा लगभग ७० क्यालोरी प्राप्त हुन्छ । अण्डामा अत्याधिकमात्रामा प्रोटिन र मिनरल्स हुन्छ । अण्डाको पहेलो भागमा फ्याट हुन्छ । त्यसैले अण्डा खाएमा ओजन छिट्टै बढ्छ ।

५।आलु खानाले तौल छिटो बढ्छ । आलुको बोक्रामा पनि प्रोटिन हुन्छ । त्यसैले यसलाई राम्रोसँग सफा गरेर बोक्रासहित खानुपर्छ ।
६। छोटो समयमा ओजन बढाउन चाहानु हुन्छ भने काजु, किसमिस, बदाम र ओखरले राम्रो मानिन्छ । यी खानेकुराहरुबाट शरीरलाई उच्च क्यालोरी मिल्छ । यसमा अत्यधिक फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ ।
७। दुब्लोपनबाट छुटकारा पाउन पर्याप्त निद्रा पनि जरुरी हुन्छ । राम्ररी निदाउँदा नयाँ कोषिकाहरु बन्छन् । त्यसैले पर्याप्त मात्रामा निदाउँदा पनि तौल बढ्छ ।