२०८१ बैशाख १७ , सोमवार

नेप्सेमा सामान्य बृद्धी

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन विहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ४.१४ अंकले बढेर एक हजार ९ सय ३६ दशमलब ४७ विन्दुमा बन्द भएको छ ।

बधुबार नेप्से ४.६८ अंकले बढेर एक हजार ९ सय ३२ दशमलब ३३ विन्दुमा बन्द भएको थियो । आज दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । डोल्टी पावर कम्पनी र भूगोल इनर्जी शेयरमूल्यमा उच्च वृद्धि भएर बन्द भएको छ ।

 

आज रिभर फल्स पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे आइजीआइ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।