२०८१ बैशाख १६ , आइतवार

प्रेमिकाको शव काटेर कुकरमा पकाए, त्यसपछि कुकुरलाई खुवाए ….

सुनाखरी न्युज / काठमाडौं – भारतमा अहिले एउटा विभत्स हत्याकाण्डले चर्चा पाएको छ । भारतको मुम्बईस्थित मिरा रोडमा भएको एक बीभत्स हत्याको घटना सार्वजनिक भएको छ ।

 

भारतीय सञ्चार माध्यमहरूका अनुसार मिरा रोडमा लिभिङ बस्दै आएका एक ५६ वर्षीय पुरुषले आफ्नै ३६ वर्षीया पार्टनरको बीभत्स हत्या गरेका छन् ।उनीहरू बिच केही कुरालाई लिएर झगडा भए पश्चात् उनले आवेगमा आफ्नी प्रेमिकाको हत्या गरेका थिए । पीडकको नाम मनोज साहनी हो । उनी विगत ३ वर्षदेखि सरस्वती वैद्य नामकी महिलासँग लिभङमा बस्दै आएका थिए ।

 

फ्ल्याटबाट दुर्गन्ध आएसँगै बुधवार छिमेकीले यस बारे प्रहरीलाई जानकारी गराए तत्पश्चात् यो घटना सार्वजनिक भएको बताइएको छ ।आरोपित केही दिन देखि कुकुरलाई केही खुवाइरहेको देखिएको छिमेकीले बताएका छन् । यस कारण उनले शरीरका केही भाग कुकुरलाई खुवाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।