२०८१ जेठ ५ , शनिवार

भारतीय हलमा आदिपुरुषले हनुमानका लागि एउटा सिट खाली राखिने घोषणा

सुनाखरी न्युज /  काठमाडौं –  दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’का निर्माताले रिलिजअघि नै एक घोषणा गरेका छन् ।जहाँ रामायण पाठ गरिन्छ, त्यहाँ भगवान हनुमानको उपस्थिति हुन्छ । यही विश्वासका साथ हरेक थिएटरमा ‘आदिपुरुष’ प्रदर्शनमा भगवान हनुमानका लागि एउटा सिट खाली राखिनेछ ।’

 

ओम राउतद्धारा निर्देशित यो फिल्म असार १ गते रिलिज हुँदैछ । मंगलबार टि- सिरिज युट्युब च्यानलमार्फत फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा सीताहरणको प्रसंगलाई देखाइएको छ।रामकथा हुने ठाउँमा हनुमानको उपस्थिति हुने भएकाले हरेक भारतीय हलमा हनुमानका लागि एउटा सिट खाली राखिने निर्माण पक्षले जनाएको छ ।

 

‘आदिपुरुष’को कथा रामायणमा आधारित छ । फिल्ममा प्रभास रामको भूमिकामा देखिनेछन् भने कृति सीताको भूमिकामा देखिनेछिन् । सैफअली खान रावणको भूमिकामा देखिनेछन् ।यो फिल्म हिन्दी, तेलुगु, तमिल, मलयालम, कन्नड गरी पाँच भाषामा प्रदर्शन हुनेछ।