२०८१ जेठ ५ , शनिवार

प्रभास र कृति सेननले घोषणा गरे आफ्नो बिहे गर्ने ठाउँ

सुनाखरी न्युज /  काठमाडौं– मंगलबार तिरुपतिमा एक कार्यक्रम गर्दै फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरिएको थियो। उक्त कार्यक्रममा प्रभासलाई बिहे कहिले गर्ने भनेर प्रश्न गरिएको थियो। जवाफमा प्रभासले भने, बिहे कुनै दिन तिरुपतिमा।केही समयअघि प्रभास र कृति प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो। तर अभिनेत्री कृतिले उक्त खबर झुटो रहेको बताएकी थिइन्।

 

उनीहरूको प्रेम सम्बन्धबारे वरुण धवनले झलक दिखला जाको फाइनलमा उपस्थित हुँदा खुलासा गरेका हुन्। वरुण र कृति भेडिया को प्रमोशनका लागि पुगेका थिए।

 

उक्त शोमा वरुणले भनेका थिए,कृतिको दिलमा जो मान्छे छ, उनी यतिबेला मुम्बईमा छैन। उनी दीपिका पादुकोणसँग फिल्मको छायांकनमा व्यस्त छन्।ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभाससँगै कृति सेनन, सैफ अली खान, सनी सिंहलगायत कलाकारको अभिनय छ।