२०८१ जेठ ५ , शनिवार

पत्नीको हौसलाले मृत्युसँग संघर्ष गर्दै विवेक

सुनाखरी न्युज  / काठमाडौं –  सिर्जनाले श्रीमानसँग भिडिओहरु बनाएर टिकटकमा पोस्ट गर्छिन ।  सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटरबाटै सार्वजनिक गरेकी थिइन । त्यसपछि उनीहरुका लाखौं शुभचिन्तकले प्रार्थनामात्र होइन, आर्थिक सहयोग पनि गरिरहेका छन । गो फन्डमार्फत अहिलेसम्म १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन भएको छ । अमेरिकाको अस्पतालमा विवेकका दुईवटा सल्यक्रिया भएका छन् र ७० प्रतिशत ट्युमर निकालिएको छ ।

 

विवेक पंगेनी र उनकी पत्नी सिर्जनाको अमिल्दो नृत्यलाई रमाइलो मान्दै हेर्नेहरु धेरै थिए । तर, उनीहरुको जीवनमा अहिले रमाइलो गायब छ । चौंथो स्टेजमा पुगेको ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका छन विवेक।

पढाइमा तेज विवेक भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा करिब ७ महिनाअगाडि अमेरिका गएका थिए । पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि करिब साढे दुई महिना अगाडि उनी नेपाल आए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ।