२०८१ जेठ ५ , शनिवार

खर्च गर्न कञ्जुस्याईँ गर्छन यी बलिउड कलाकार

सुनाखरी न्युज / काठमाडौं –  बलिउडमा कलाकारको पारिश्रमिक नै कम्तिमा पनि लाखौँ र करोडौं हुन्छ । कलाकार आफूले कमाएको पैसाले घर, गाडि र ब्राण्डेड पहिरन आदि किन्ने गर्छन र आफ्नो जीवनशैलीलाई लोभलाग्दो बनाउँछन ।

 

तर केही त्यस्ता कलाकार छन्, जो कमाउँछन करोडौं तर खर्च गर्न भने कञ्जुस्याईँ गर्छन ।, जब एक जना कलाकार एकपटक बलिउडमा स्थापित हुन्छ, तब उसले नाम संग–संगै दाम पनि सोचेभन्दा बढी कमाउन थाल्छन।

 

– जोन अब्राहम अनिभेता जोन अब्राहम पनि कमाइ राम्रो हुँदा–हुँदै पनि खर्च गर्न भने त्यति मन पराउँदैनन ।
-सारा अली खान करोडौं आम्दानी गर्ने सारा खर्चको नाममा भने अति नै कञ्जुस छिन । यो कुरालाई सारा स्वंयले स्वीकारेकी छिन ।

– काजोल उनी अहिले पनि राम्रो आम्दानी गर्छिन तर उनी पनि कमाए अनुसार खर्च भने पटक्कै गर्दिनन ।
– रानी मुखर्जी जति पैसा कमाए पनि खर्च गर्न भने धेरै पटक सोच्छिन रानी मुखर्जी ।