२०८१ बैशाख १७ , सोमवार

सिटिजन्स बैंक र हिमालयन क्यापिटल बिच ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धक सम्बन्धी सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधिभएको“१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्नकालागीहिमालयन क्यापिटल लिमिटेडलाई निष्काशनतथाबिक्रीप्रबन्धकनियुक्त गरेको छ ।

बैंकले प्रति ऋणपत्र अंकितमूल्य रु. १,००० दरका जम्मा रु. ३,००,००,००,००० (अक्षरेपि तीन अर्ब रुपैया मात्र) रकम बराबरको ३०,००,००० कित्ता ऋणपत्रजारी गर्न लागेको हो । सम्झौतामा सिटिजन्स बैककातर्फ बाट प्रमुखकार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।

उच्चतमप्रतिफलसहितको यस ऋणपत्रबाट दिर्घकालिनलगानीकर्ताहरु लाभांन्वितहुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।