२०८१ जेठ ५ , शनिवार

चम्किलो छाला पाउन यी फलफूलको फेस प्याक प्रयोग गर्नुहोस्

सुनाखरी न्युज /  काठमाडौं – अनुहारको चमक बढाउन महिलाहरूले धेरै घरेलु उपचार र उत्पादनहरूको सहारा लिने गर्छन्। तर पनि उनीहरूले चाहेको चमक पाउन सक्दैनन्। तपाईं सजिलो तरिकाले फलफूल मास्क बनाएर आफ्नो छालामा लगाई प्राकृतिक चमक पाउन सक्नुहुन्छ ।

भान्सामा रहेको केही घरेलु सामानबाट पनि फेस प्याक तयार गरी अनुहारको चमक फिर्ता ल्याउन सक्नुहुन्छ । तपाईं केहि घरेलु फेस प्याकहरू प्रयोग गर्न सक्नुहुन्छ। जसको प्रयोगले छालामा नयाँ चमक ल्याउन र कडा बनाउन मद्दत गर्दछ।

-काँक्राको जुसमा काँचो दूध मिसाएर अनुहारमा केहीबेर लगाउनुहोस् । सुकेपछि अनुहार सफा पानीले धुनुहोस्।
-सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् । उक्त पाउडरमा दही मिसाएर पेस्ट बनाएर २० मिनेटसम्म लगाउनुहोस् जुन   चिल्लो धेरै हुने छालाका लागि एकममै फाइदाजनक हुन्छ ।

-मेवाको पेस्टले सुख्खापन, च्याउरिपन, बढ्दो उमेरको लक्षण लगायत कयौ छाला सम्बन्धी समस्याबाट छुट्कारा दिन मद्दत गर्दछ। यसमा रहेको भिटामिन ए ले छालामा सुख्खापनको समस्या आउन दिदैन। मेवालाई पेस्ट बनाई अनुहारमा लगाउने र मसाज गर्ने। यसले छालाको सुख्खापनबाट बचाउँछ।
– एभोकाडोलाई मिचेर यसमा दही र मह मिसाएर आफ्नो अनुहारमा लगाउनुहोस् । पोषक तत्त्वहरूले भरपूर एवोकाडोको यो मास्क  तपाईंको छालाका लागि प्राकृतिक चमक बढाउन सहयोगी हुन्छ ।