२०८१ जेठ ५ , शनिवार

मधुमेहका बिरामीले के खाने ? के नखाने ?

सुनाखरी न्युज /  काठमाडौं –  मधुमेहका बिरामीले स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । मुखको क्षणिक स्वादले जीवनभर पछुताउनुभन्दा खानामा ख्याल गर्नु बुद्धिमानी हुन्छ । मधुमेहीले रगतमा चिनीको मात्रा ठीक राख्न, मधुमेहबाट हुने दीर्घकालीन रोग हुन नदिन, तौल नियन्त्रण गर्न खानामा ध्यान पु¥याउनुपर्छ । मधुमेहका रोगीले खाना बन्देज गर्नुभन्दा पनि रगतमा चिनीको मात्रा छिटो बढाउने खाना नखानु नै उपयुक्त हो ।

 

मधुमेहीले चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जङ्कफुड पटक्कै खान हुँदैन ।
खानपान र जीवनशैलीले प्रत्यक्ष असर गर्ने रोगमध्ये एक हो, मधुमेह। मधुमेह रोग आफैँमा खानपानसँग सम्बन्धित रोग पनि हो। अनियन्त्रित र मात्रा मिलाएर नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ। मधुमेह नियन्त्रणका लागि खानाको सबैभन्दा विशेष भूमिका छ।

 

मधुमेहका बिरामीले कस्तो खाना खानु पर्दछ?

–  कार्बोहाइड्रेट वा चिल्लो कम भएको खानेकुरा खानु पर्दछ । किनभने एचडिएल कोलेस्टेरोल बढी भएका तर एलडिएल कोलेस्टेरोल भने विल्कुलै न्यून भएका खानेकुरा खानु पर्दछ।

– पेय पदार्थमा उमालेको वा राम्ररी फिल्टर गरेको पानी मात्र पिउनु पर्दछ।
– पशुजन्य खानेकुरामा माछा, मासु खान सकिन्छ।
– सुख्खा फलफूलमा काजु, किसमिस, ओखर, बदाम, फर्सीका बियाँ खानु राम्रो हुन्छ।
– रेसा बढी भएका हरिया तरकारी, सागपात तथा फलफूल आदि खानेकुरा खानु पर्छ।
-सबैजसो फलफूल तथा मौसमअनुसारका फलफूल खानु पर्दछ।
–  दूधबाट बनेका खानेकुरा जस्तै दूध, दही, मही, पनिर खानु पर्दछ।

मधुमेहका बिरामीले कस्तो खाना खानु हुँदैन?
– बजारमा पाइने फास्टफुड र तारेका खानेकुरा खानु हँुदैन।
-पानीको सट्टा कुनै पनि पेय पदार्थ पिउनु हुँदैन।
– अधिक मसलायुक्त, गरिष्ठ र सजिलै नपच्ने खानेकुरा खानु हुँदैन।
-सूर्तिजन्य र लागू पदार्थ सेवन गर्नु हुँदैन।
– अधिक र हानिकारक मद्यपान गर्नु हुँदैन।

खानपानमा नियन्त्रण र नियमित शारीरिक व्यायाम नगरे जति औषधि खाएपनि मधुमहे नियन्त्रण हुन नसक्ने उनले बताए। उनका अनुसार मुख्य गरी यी पाँच कुरामा मधुमेहका बिरामीले विशेषध ध्यान दिनुपर्छ।  खानपान,शारीरिक व्यायाम, मधुमेहको औषधि,  परीक्षण , पाँचौ मधुमेह सम्बन्धी ज्ञान।