२०८१ बैशाख १७ , सोमवार

नेप्सेमा सामान्य वृद्धि

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से ४.६८ अंकले बढेर एक हजार ९ सय ३२ दशमलब ३३ विन्दुमा बन्द भएको छ ।

 

मंगलबार नेप्से २५.६६ अंकले बढेर एक हजार ९ सय २७ दशमलब ६५ विन्दुमा बन्द भएको थियो । शेयर बजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ७४ कम्पनीको शेयरमूल्य घटेको छ ।

८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३५३ रुपैयाँ पुगेको छ । आज सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज १० करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।