२०८१ जेठ ७ , सोमवार

शाहरुखको फिल्ममा थौरे पारिश्रमिक लिएको भनेपछि ट्रोल भए जावेद शेख

सुनाखरी न्युज /  पाकिस्तानी तथा भारतीय कलाकार जावेद शेखले बलिउड फिल्म ‘ ओम शान्ति ओम ‘ मा १ रूपैयाँ पारिश्रमिक लिएको बताएका छन्। फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए। यस फिल्मको निर्देशक फराह खान थिइन्। उनले हालै एक अन्तर्वार्तामा आफूले यस फिल्मको लागि पारिश्रमिक लिन नचाहेको खुलासा गरेका छन्।

 

मलाई यस फिल्मबाट पारिश्रमिक लिने मन थिएन तर निर्माण टिमले धेरै अनुरोध गरेपछि १ रूपैयाँ पारिश्रमिक लिएँ,’ उनले भने।फिल्ममा शाहरुखका पिताको भूमिका पाकिस्तानी अभिनेता जावेद शेखले निभाएका थिए। फिल्म रिलिज भएको १६ वर्षपछि जावेदले गरेको खुलासाका कारण उनी पाकिस्तानमा ट्रोल भइरहेका छन्।

 

जावेद शेखले हालैको एक अन्तर्वार्तामा आफूले यस फिल्मको लागि शुल्क लिन नचाहेको खुलासा गरेका छन्। तर निर्माताको आग्रहमा उनले शुल्कको नाममा १ रुपैयाँ मात्रै लिए। उनले शाहरुखका प्रबन्धकले फिल्ममा काम गर्न अफर गरेको र सम्झौतामा हस्ताक्षर गर्नुअघि शुल्कबारे सोधेको बताए। तर पछि अभिनेता शाहरूखले जावेदलाई खुसीसाथ मोटो रकम दिएका थिए। जावेदले उक्त अन्तर्वार्ता दिएसँगै पाकिस्तानमा ट्रोल हुन थालेका छन्।