२०८१ जेठ ५ , शनिवार

मेडिसिटी अस्पतालमा साढे दुई करोड ठगीको आरोपमा पूर्वकर्मचारी पक्राउ

सुनाखरी न्युज / काठमाडौँ — नेपाल मेडिसिटी अस्पतालको दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । ती कर्मचारीले अस्पतालबाट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो ।

 

ललितपुरका एसएसपी शिद्धिविक्रम शाहका अनुसार पक्राउ पर्नेमा अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरु छन्।प्रहरी परिसर ललितपुरले नेपाल मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने दोलखा भिमेश्वर नगर पालिका ४ का ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी नगरपालिका–११ का २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटारका ३४ वर्षीय आशिष अर्याललाई पक्राउ गरेको हो ।

 

पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ। उनीहरूले अस्पतालले प्रयोग गर्ने बिलिङ सफ्टवयरमा वास्तविकभन्दा कम मूल्य चढाएर अरु पैसा आफूहरूले राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।