२०८३ जेठ १३ , बुधवार

मन्त्रिपरिषद् बैठकबाट बालेनको विदेश भ्रमण स्वीकृत

सुनाखरी न्युज /  काठमाडौं– सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको विदेश भ्रमण स्वीकृत गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकले बालेनको बेल्जियम भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

काठमाडौं महानगरका मेयर शाह ‘मेट्रो पोलिस वल्र्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’मा सहभागी हुन बेल्जियम ब्रसेल्स जाँदैछन्। जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरुको विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाँदैछन् ।

 

मन्त्रिपरिषद् बैठकले काभ्रेको पाँचखाल नगरपालिकास्थित औद्योगिक ग्रामलाई ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’का रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्‌को बैठकले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय समेत गरेको छ।कालीमाटी फलफूल तथा तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई तोक्ने निर्णयसमेत गरेको छ ।

 

वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा माथिल्लो मैलुङ जलविद्युत आयोजनालाई आयोजनाको टावर राइट अफ वेका लागि रसुवा र नुवाकोट जिल्लामा रहेको वन क्षेत्र प्रयोग गर्न दिन पनि मन्त्रिपरिषदले स्वीकृति दिएको छ ।बैठकले अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।