२०८१ बैशाख ६ , बिहिवार

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम बैंकलाई

सुनाखरी न्युज/ काठमाडौँ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको म्यानअफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन् ।

 

यस अघि प्राइम कमर्सियल र एनआइसीएसिया तथा महालक्ष्मी विकास र माछापुच्छ्रे बैंकबीच सेमिफाइनल खेल भएको थियो । पहिलो सेमिफाइनलमा प्राइम बैंकले एनआइसी एसिया बैंकलाई ३१ रनले हराएको थियो ।सो खेलमाप्राइम बैंककाप्रवेश श्रेष्ठ म्यान अफ म्याच चुनिएका थिए । महालक्ष्मीविकास बैंक र माछापुच्छ्रे बैंक बीच सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माछापुच्छ्रेले ५ विकेटको जित निकालेको थिए । सो खेलमा माछापुच्छ्रे का निशेष केसी म्यानअफ द म्याचघोषित भएकाथिए । फाइनल खेलमा माछापुच्छ्रे बैंकले टस जितेर ब्यटिङको निम्तो दिएको प्राइम बैंकले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । प्राइमकाकितार्थ शाक्यले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ माछापुच्छ्रे का विश्वास ढकालले १४ रन खर्चिंदै २ विकेट लिएकाथिए । जवाफी ब्याटिङमा आएको माछापुच्छ्रे बैंकले जम्मा ४७ रन बनायो । माछापुच्छ्रे का लागि रोशन पाठकले ११ रन बनाएका थिए । बलिङतर्फ प्राइमका सुनिलखड्का र कमलेन्द्र श्रेष्ठले समान २÷२ विकेट लिए ।

 

यो प्रतियोगितामाकामना सेवाविकास बैंकका समिर थापाउत्कृष्टब्याट्सम्यान रकामना सेवाविकास बैंककै छेतेनदोर्जे शेर्पा उत्कृष्ट बलर घोषित थिए । त्यसैगरी, उत्कृष्टफिल्डरको उपाधिएनआइसीएसिया बैंकका सञ्जय गिरीले हातपारे । उत्कृष्टविकेट किपरको उपाधिएनआइसीएसिया बैंककै रितेश अधिकारीले पाए । महालक्ष्मीकर्पोरेट क्रिकेट लिगकै सर्वोकृष्ट खेलाडीमाप्राइम बैंककाक्रितार्थशाक्यचुनिए । १६ टिम सहभागीप्रतियोगितामा सनराइज, एनआइसीएसिया, राष्ट्रि«य वाणिज्य, माछापुच्छ्रे , प्राइमकमर्सियल, लुम्बिनीविकास, कामना सेवा र महालक्ष्मीविकास बैंक क्वार्टरफाइनल राउन्डमापुगेकाथए । क्वार्टरफाइनलसनराइज र एनआइएसीएसिया, राष्ट्रियवाणिज्य र माछापुच्छ्रे , प्राइम र लुम्बिनी विकास तथा कामना सेवा र महालक्ष्मी विकास बैंक बीच भएको थियो ।

 

प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमाविकास बैंक, लुम्बिनीविकास बैंक, कामना सेवाविकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मीविकास बैंकको सहभागिता थियो । प्रतियोगिताको विजेता र उपविजेताटिम, म्यानअफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर लगायत विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युट्युबच्यानल मार्फत भएको थियो ।