२०८० चैत्र १५ , बिहिवार

बजाजको २५ वर्ष लिडरशिप योजना सम्पन्न

सुनाखरी न्युज/ काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराजहुलास चन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको “नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन” सफलता पूर्वक सम्पन्न गरेको छ। आफ्ना उपभोक्ताहरु लाई आकर्षक लाभहरू प्रदानगर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो अभियान नयाँ वर्ष २०७८ को शुभअवसरमा शुभारम्भ गरिएको थियो ।

 

अभियानको एक हिस्साको रूपमाबजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो, जसमाविशेष २५% डाउन पेमेन्टमा फाइनान्सिङकोविकल्प, रु.१०,००० सम्मको स्योर शटनगदछुटरभाग्यशाली२५ जनाग्राहकले १ केजीचाँदीजित्ने अवसर समावेश गरिएको थियो । अभियानको बारेमाबोल्दै हंसराजहुलासचन्द एण्ड कम्पनीप्रा. लि.का निर्देशक अभिमन्यु गोल्छालेभन्नुभयो, “यो अभियानहाम्रो अहिले सम्मको यात्रामा हाम्रा ग्राहकहरूले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र संगै यस उत्सवलाई मनाउने एक माध्यमथियो । नेपालीबजारलाई २५ वर्षदेखि अटुट सेवाप्रदान गर्न पाउँदा हामी निकै नै खुसीछौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धता लाई निरन्तरता दिनेछौँ ।”

 

देशभरका ग्राहकहरूले “नेतृत्वको २५ वर्ष”अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएका थिए । ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकोले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरिय सेवाप्रदान गरेकोले नै अटोमोबाइल क्षेत्रमा बजाजको ब्रान्डको रुपमा स्थापित भएको छ । बजाज ब्राण्ड नेपालको सबैभन्दा भरपर्दो मोटरसाइकल ब्रान्डहुनुका साथैयसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क छ। त्यस्तै यसको रिसेल मूल्य पनि उत्कृष्ट रहेको छ। यसका गुणस्तरिय उत्पादनहरू,स्पेयर पार्टको सहज उपलब्धता रग्राहक मैत्री सेवा सुविधाप्रतिको प्रतिबद्धता जस्ता कारणहरुले गर्दा नै बजाज बाइकले बजारमा उच्चतम स्थान हासिल गरेका छन् । अटो मोवाइल क्षेत्रमा बजाजको निरन्तर २५ वर्षको नेतृत्वयसको नवीनता र गुणस्तरता प्रतिको प्रतिबद्धताको प्रमाण हो ।

 

यसकासाथै बजाजको फ्री लि लि योजना पनि चालु रहेको छ । जस अन्तर्गत उपभोक्ताहरुले १२५ सिसि सम्मको बजाजबाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन् । बजाजको अर्को५०प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज दरको अफर पनिचालु रहेको छ, जसअन्तर्गत उपभोक्ताहरुले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भ मार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन्।