२०८१ बैशाख १३ , बिहिवार

सन्दीप न्यौपानेको ‘पान पाते ओठ’

सुनाखरी न्युज/ काठमाडौँ । सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वर रहेको गीत ‘पान पाते ओठ’ सार्वजनिक भएको छ । गीतमा शेर साउदको शब्द र संगीत तथा एचबीएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

 

शेर साउद निर्देशित भिडियोमा सन्दीप न्यौपाने, निक्स शर्मा, बद्रीप्रसाद तिवारी, शेर साउद र भावना गुरुङ फिचर्ड छन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन उप्रेतीको सम्पादन, मनोज कार्कीको जीएफएक्स र कलर छ ।

 

गायक सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया’ लगायतका गीत चलेका गीतमा पर्छन् ।