२०८१ बैशाख १३ , बिहिवार

संगीतकार अर्जुन पोख्रेल बुवा बन्दै

सुनाखरी न्युज/ काठमाडौँ । लोकप्रिय गीतका स्रष्टा गायक तथा संगीतकार अर्जुन पोखरेल तथा गायिका दुर्गा खरेलको जोडी अभिभावक बन्ने भएको छ ।

 

यो दम्पतिले आफ्नो पहिलो सन्तानलाई स्वागत गर्ने तयारी थालेका छन् । संगीतकार अर्जुन पोखरेलले सामाजिक सञ्जालमार्फत आफू बुवा बन्न लागेको तथा दुर्गा आमा बन्न लागेको जानकारी गराएका छन् ।

 

आफ्नी धर्मपत्नी गायिका खरेलसंगका प्रेमिल तस्बिरहरु शेयर गर्दै संगीतकार पोखरेलले लेखेका छन् – ‘जीवनमा सुन्दर अनुभवको सुखद अनुभूति यो मनमा खुसी छ आहा कति कति…।’