२०८० चैत्र १६ , शुक्रवार

टेलिकमका सेवाका सुरक्षा प्रति शंका व्यक्त गर्दै प्रकाशित समाचार प्रति कम्पनीको गम्भीर ध्यानाकर्षण

सुनाखरी न्युज/ काठमाडौँ । २०७९ जेठ २२ माएक अनलाइन न्युजपोर्टलमा नेपाल टेलिकमका सेवाका सुरक्षा प्रति शंका व्यक्त गर्दै प्रकाशित समाचार प्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

नेपाल टेलिकमले ग्राहकको गोपनियता लाई सधै सम्मान गर्ने र यसको सुरक्षा र गोपनियतामा एकरत्तिपनि सम्झौताहुन नदिने प्रतिसबै ग्राहक महानुभावहरु लाई आश्वस्त हुन अनुरोध गरेको छ । राज्यका अधिकार प्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरुले झैं कम्पनीले विवरणहरु उपलब्ध गराउने गरेको छ ।

 

कम्पनीका सेवाहरु अत्यन्त भरपर्दा र सुरक्षितबनाई ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ । पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ताहरु उल्लेख्य रुपमा बढिरहेको व्यहोरा समेत जानकारी गराइन्छ ।