२०८१ जेठ ५ , शनिवार

स्लिम शरीर बनाउन अपाउनुहोस् यी उपायहरु

सुनाखरी न्युज / काठमाडौं – आफ्नो शरीर फिट बनाउने चाहना त सबैको हुन्छ । तर केही कारणले गर्दा उनीहरु त्यसमा सफल हुन सक्दैनन् । तर पनि कयौंपटक मोटो शरीर र कपडाभन्दा बाहिर निस्किएको पेटले उनीहरुलाई ठूलो समस्यामा पारिदिन्छ । प्राय सबै केटीहरुका लागि अहिलेको मूख्य समस्या भनेको कसरी सुन्दर देखिने भन्ने हो । त्यसमा पनि आफ्नो लुक्स र शरीरलाई कसरी अरुको भन्दा आकर्षक बनाउनेतर्फ नै उनीहरुको बढी ध्यान जान्छ ।

 

आउनुहोस् यहाँ हामीले केही टिप्स दिएका छौं, जसलाई उपयोग गरेर तपाई आफ्नो मोटोपन घाटाउनका साथै शरीरलाई स्लिम बनाउन सकिन्छ ।
1. तनावबाट टाढा रहनु । तनावका कारण शरीरमा कोर्टिसोल जस्तो हर्मोन सञ्चार हुन्छ । जसले गर्दा शरीरको तौल छिट्टै बढ्न जान्छ ।    त्यसकारण तनावबाट टाढा रहन आफूमा सकारात्मक सोचको विकास गर्नुहोस् ।

2.खानामा नुनको मात्रा बढी लिने गर्दा हामी उच्च रक्तचाप , मोटोपना जस्ता समस्याबाट ग्रसित हुन पुग्छौं । यसकारण खानामा नुनको मात्रा    एकदम कम गर्नुहोस् यसले तपाईको मोटोपना मोटोपना घट्ने छ।

3.वर्क  आउटका कारण पेटमा रहेको बोसो छिट्टै पग्लिन्छ । यसका लागि पेटसँग जोडिएका व्यायाम जस्तै पुश–अप, पुल–अप आफ्नो   वर्कआउटमा सामेल गर्नुहोस् ।

4 शरीरको तौल घटाउनका लागि हरियो तरकारी, फल, माछा, दुध, दही जस्ता खानेकुरा खानुहोस् । साथै खानामा चिनि र नुनको मात्रा कम गर्नुहोस् ।