२०८१ जेठ ५ , शनिवार

सबैलाई मन पर्ने तरकरी आलु, तर धेरै छन बेफाइदा जानी राखौ

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली भान्छाको सजिलो तरकारी आलु, आज के तरकरी खाने आलु, सबैलाई मन पर्ने आलु, तरकारीको राजा आल धेरैले मन पराएर खान्छन् । तर तपाईंलाई थाहा छ आलु धेरै खाँदा स्वास्थ्यलाई हानी पुग्न सक्छ ।

 

आलू खाँदा पोटाशियम बढ्छ । जसले गर्दा मिर्गौलासम्बन्धी समस्या आउन सक्छ । मधुमेहका बिरामीले धेरै आलू खानु हुँदैन । यसले रगतमा चिनीको मात्रा झनै बढाउँछ । आलुले रगतमा पोटाशियमको मात्रा बढाउने भएकाले धेरै खाँदा मुटु सम्बन्धी रोगको खतरा पनि बढ्न सक्छ । आलुले शरीरमा एलर्जी उत्पन्न गराउन पनि सक्छ । निलो भएको वा उम्रिएको आलुले शरीरमा धेरै नै नोक्सान पुर्‍याउँछ ।

 

हाड तथा जोर्नी दुख्ने मानिसले आलु खानु हानिकारक हुन सक्छ । यसमा हुने कार्बोहाइड्रेटले जोर्नीको दुखाई बढाउन सक्छ । उच्च रक्तचापका बिरामीले पनि धेरै आलु खानु हुँदैन । यसले रक्तचाप झन् बढ्ने सम्भावना हुन्छ । आलु धेरै खाँदा तौल बढ्ने समस्या पनि हुन्छ । यसमा धेरै मात्रामा कार्बोहाइड्रेट र क्यालोरी हुने गर्दछ ।