२०८१ बैशाख १४ , शुक्रवार

गाईबस्तुको रेखदेख गर्दै गोठमा बसेका दम्पत्तिको विभत्स हत्या

सुनाखरी न्युज/ काठमाडौँ । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको विभत्स हत्या भएको छ । पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयकाले जनाएको छ ।

 

उनीहरुको सोमबार राति हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । उनीहरुको घर गाउँकै बैरिहवामा छोरीछोरीहरु बस्दै आएका थिए ।

 

उनीहरु भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । सोही गोठमा उनीहरुको हत्या भएको हो ।