२०८१ बैशाख ७ , शुक्रवार

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फिर्ता

सुनाखरी न्युज/ काठमाडौँ । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको ‘प्रेसराइज फेल’ भएपछि काठमाडौं फिर्ता आएको छ। मंगलबार बिहान काठमाडौं नै अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको हो।

 

जहाज काठमाडौंमा सुरक्षित अवतरण भएको छ। बिहान धनगढीका लागि उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

 

‘‘जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको थियो ।