२०८१ जेठ ५ , शनिवार

मदनकृष्णको मोतीविन्दुको शल्यक्रिया सम्पन्न

सुनाखरी न्युज/ काठमाडौँ । अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको दाहिने आँखाको मोतीविन्दुको शल्यक्रिया गरिएको छ।

 

सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा डा. सन्दुक रुइत, डा. रीता गुरुङ र डा.गोविन्द पौड्याल लगायतको समूहले उनको दाहिने आँखाको शल्यक्रिया गरिएको हो। शल्यक्रियामा प्रतिष्ठानमै उत्पादित आँखाको शल्यक्रियापछि राखिने इन्टझाकुलर लेन्स राखिएको छ।

 

मदनकृष्ण वृद्ध उमेरमा पनि जोशका साथ कला र संगीत क्षेत्रमा सक्रिय रहँदै आएका छन्।