२०८१ बैशाख १२ , बुधवार

बिश्व वातावरण दिवशको अवसरमा बृक्षारोपन कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/  बिराटनगर । ५१ औ बिश्व वातावरण दिवशको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 6 people and tree

बिराटनगरको जेसी बाल सदन माध्यामिक बिद्यालय बिराटनगरको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्रको सहकार्यमा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 6 people and text

कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय र तालिम केन्द्रको हाता भित्र बिभिन्न जातका फलफुल तथा फुलहरुका बिरुवाहरु रोपिएको थियो ।