२०८१ बैशाख १४ , शुक्रवार

तोलामा ९०० सयले महँगियो सुन

Gold

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

 

हिजो सोमबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।