२०८१ बैशाख ६ , बिहिवार

काठमाडौं महानगरपालिकाले सार्वजनिक गर्‍यो छात्रवृत्ति नदिने विद्यालयहरुको सूचि

सुनाखरी न्युज/ काठमाडौँ । काठमाडौं महानगरपालिकाले दश प्रतिशत छात्रवृत्ति नदिने निजी विद्यालयहरुको सूचि सार्वजनिक गरेको छ ।

 

सार्वजनिक गरेका विद्यालयको सूचिमा ३ सय ४२ वटा विद्यालय परेका छन् । महानगरपालिकाले यही जेठ १० गते निजी विद्यालयहरुले १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने नियम सम्झाउँदै त्यसको विवरण पठाउन भनेको थियो । यही जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन अन्टिमेटम दिँदै महानगरले यसमा पनि अटेर गरे कारबाहीको चेतावनी पनि दिएको छ ।

 

शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयहरुलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी दिइएको छ । महानगरपालिकाले यस अघि नै निजी विद्यालयहरुको नामको सम्बन्धमा पनि नयाँ निर्देशन जारी गरिसकेको थियाे ।