२०८१ बैशाख १४ , शुक्रवार

मध्यवानेश्वरमा सामसङले ग¥यो नयाँ सर्भिस सेन्टरको शुभारम्भ

सुनाखरी न्युज/ काठमाडौँ । सामसङले हालै मध्यवानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।

 

सो उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुनपार्क,निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइएमएसका सेल्स हेडकैलाशअइयर को समेत उपस्थिती रहेको थियो । सो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१औँ रहेको छ । बिक्री पछिको गुणस्तर सेवा लगायत ग्राहकहरूको लागिनिरन्तर रूपमाग्राहक–मुखी सेवाप्रदानगर्ने उद्देश्यका साथहाल सम्मै सामसङले काठमाडौँ उपत्यकाभित्र ५ ओटा र उपत्यका बाहिर १५ ओटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमापहिले देखि नै आफ्नो सेवाप्रदानगर्दै आइरहेको थियोरवानेश्वर स्थित रहेको २१औँ सर्भिस सेन्टरबाट पनिआफ्नो ग्राहकहरूलाई भरपर्दो एवं सुलभ सेवाप्रदानगर्ने कम्पनीको विश्वास रहेको छ।

यस वानेश्वर स्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवाप्रदान गरिने जानकारी पाइएको छ। सोप्रारम्भित सर्भिस सेन्टरबाट वानेश्वर लगायत कोटेश्वर, चाबाहिल, वौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभपाउने कुरामापनि सामसङको विश्वास छ।