२०८१ जेठ ५ , शनिवार

नुवाकोट आई केयर सेन्टर विदुर र आधारभूत स्वास्थ्य सेवा विकास कार्यक्रमद्वारा शिवपुरीमा निशुल्क आँखा जाँच तथा चश्मा वितरण

प्रविण थपलिया/नुवाकोट । नुवाकोट आई केयर सेन्टर विदुर र आधारभूत स्वास्थ्य सेवा विकास कार्यक्रमद्वारा नुवाकोट शिवपुरीको कुम्भेश्वर माध्यमिक विद्यालयका कर्मचारी, शिक्षक र विद्यार्थीहरुका लागि एकदिने आँखा जाँच तथा निशुल्क चस्मा बितरण कार्यक्रम आयोजना गरिएको छ।

No description available.
सोमबार सम्पन्न कार्यक्रममा नुवाकोटका युवा नेता जगदिश कुइकेल, नुवाकोट आई केयर सेन्टरका संचालक अध्यक्ष शंकर अधिकारी, तथा आधारभूत स्वास्थ्य सेवा विकास कार्यक्रमका अध्यक्ष एवं कालिका माध्यमिक विद्यालय कविलासका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मिश्रको उपस्थितिमा भारत पञ्जाबका अमित पाल सिंह, तथा नुवाकोट आई केयर सेन्टरका कल्याण ढुंगाना र शैलजा आचार्यको टोलीले १९३ जनाको आँखा परीक्षण गरेका थिए। जसमध्ये आँखा कमजोर (दृष्टिदोष) भएको २६ जना विद्यार्थी तथा १६ जना शिक्षक कर्मचारीहरुलाई अनिवार्य चश्मा लगाउनुपर्ने समस्या रहेको पाइएको विद्यालयका प्रधानाध्यापक माधव ठकुरीले जानकारी दिनुभयो ।

 

आँखा जाॅचका क्रममा चश्मा लगाउनुपर्ने समस्या रहेका विद्यार्थी, शिक्षक, कर्मचारीलाई निःशुल्क चस्मा वितरण गरिने आयोजकले जनाएका छन्। आँखा जाॅच र चश्मा वितरणले दृष्टिदोषवाट विद्यार्थीहरुको दैनिक पठनपाठनमा पुग्न सक्ने बाधा हटाउने उद्देश्य राखेको छ ।