२०८३ श्रावण १९ , मंगलबार

विश्व वातावरण दिवसमा विन्ध्यवासिनी मा वि का विद्यार्थीद्वारा वृक्षारोपण

शिशिर उजाड/ पोखरा । विश्व वातावरण दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा विका विद्यार्थीले पर्यटकीय क्षेत्र चमेरे गुफा परिसरमा वृक्षारोपण गरेका छन्।

 

विद्यालयमा रहेको वातावरण क्लबको सकृयतामा भएको कार्यक्रममा विद्यार्थीले पारिजात, इन्द्र कमल, कपुर लगायतका विभिन्न प्रजातिका फुल तथा विरूवा रोपेको विद्यालयका अप्रेसन म्यानेजर नविन अधिकारीले जानकारी दिनुभयो। यसअघि उनीहरूलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वृक्षारोपणका लागि आवश्यक सामग्री प्रदान गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

 

क्लवमा आबद्ध विद्यार्थीले वातावरण संरक्षणमा सचेतना जगाउने विभिन्न किसिमका प्लेकार्ड समेत प्रर्दशन गरेका थिए। विद्यालयवाट शुरु भएको सचेतना र्याली विभिन्न भागको परिक्रमा गरी चमेरे गुफा परिसरमा पुगेर वृक्षारोपण कार्यक्रममा परिणत भएको थियो।