२०८१ जेठ ५ , शनिवार

बिहाना खाली पेटम के के सेव न गर्नुहुन्छ ? किवी खानुहोस हुन्छ फाइदा नै फाइदा

सुनाखरी न्युज/ काठमाडौँ । दैनिक बिहान खालीपेट किवीको सेवनले शरीर लाई स्वास्थ्य राख्न मद्धत गर्दछ ।

 

किवीमा कार्बोहाइड्रेट्सको राम्रो मात्रा हुने गर्दछ, जसले शरीरलाई ऊर्जा दिने गर्दछ । ऊर्जा कम भएको महशुस भइरहेको बेला किवीको सेवन फाइदाजनक हुन्छ । यदि, तपाईं तौल बढेर पीडित हुनुहुन्छ भने बिहान खालीपेट किवीको सेवन फाइदाजनक हुन सक्छ । यसमा कम क्यालोरी तथा पानीको मात्रा अत्यधिक हुन्छ, जसले मोटोपनको समस्याबाट निजात पाउन सकिन्छ ।

 

दैनिक बिहान खालीपेट किवीको सेवना गर्नाले इम्युनिटी राम्रो हुन्छ । जसले गर्दा भाइरल संक्रमणहरूबाट बच्न सकिन्छ। खाली पेट किवीको सेवन कोलेस्ट्रोल कम गर्न गर्दछ । यसमा पाइने घुलनशील फाइबरले रगतमा कोलेस्ट्रोल जम्नबाट रोक्छ। दैनिक खालीपेट किवीको सेवनले छालासम्बन्धी देखिने समस्याहरु कम हुन्छ । कीवीमा पाइने भिटामिन ‘ई’ ले छालाका कोशिकाहरूलाई राम्रो बनाउने काम गर्छ। त्यस्तै, पेटका लागि पनि बिहान खालीपेट किवी खानु फाइदाजनक हुन्छ । यसले ग्यास, अपचबाट हुने समस्याहरू कम गर्दछ ।