२०८१ जेठ ७ , सोमवार

बलिउड अभिनेत्री भाग्यश्री भनिन्– नेपालको सुन्दरताले लोभ्यायो

सुनाखरी न्युज / काठमाडौं– भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ।भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण समापन कार्यक्रममा बोल्दै उनले भनिन , ‘नेपालको सुन्दरता र विश्वभरमा चर्चा छ, मैले यहाँ थोरै मात्रै देखेको छु ।

 

तर म नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु ।’आइतबार काठमाडौंस्थित एक होटलमा ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण सम्पन्न भएको हो। फर्न इभेन्ट्सले आयोजना गरेको अवार्ड कार्यक्रम पहिलोपटक भारत बाहिर आयोजना भएको हो।समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।आइतबार उक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।

 

फर्न इभेन्ट्सले आयोजना गरेको अवार्ड कार्यक्रम पहिलोपटक भारतबाहिर आयोजना भएको हो । समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । अवार्ड प्रदान गर्न भारतीय अभिनेत्री भाग्यश्री, रञ्जित, विन्दुदारा सिंह लगायतका भारतीय चर्चित कलाकारहरु नेपाल आएका थिए ।