२०८१ जेठ ५ , शनिवार

स्विमिङ जाँदा यी कुरा ख्याल गर्नुस्

सुनाखरी न्युज /काठमाडौं – गर्मी बढेसँगै उपत्यकाका स्विमिङ पुलमा यतिबेला विशेषगरि युवा-युवतीको भिड देखिन्छ । उनीहरुले स्विमिङको आनन्द त लिन्छन् नै । तर, त्यहाँको पानी के कति सफा छ भन्ने खासै चाँसो दिएको पाईदैन । यो त्यस्तो एरोबिक वर्कआउट हो, जुन शरीरका कुनै पनि अंगको क्षतिविना नै गर्न सकिन्छ । वृद्धदेखि कम उमेरका मानिसले पनि सजिलै स्विमिङ गरेर फाइदा लिन सक्छन् ।

 

-शरीरका प्रत्येक अंगमा वाटरप्रुफ सनस्क्रिम÷ सनब्लक प्रयोग गर्नुस् । राम्रो वाटरप्रुफ सनस्क्रिमको प्रभाव पनि पौडी खेल्न थालेको २० मिनेटपछि शरीरमा रहँदैन । त्यसैले मोस्चराइजर पनि प्रयोग गर्दा राम्रो हुन्छ ।

-पौडनुअघि नुहाउनुस् । कपाल जोगाउन कन्डिसनर, नरिवलको तेल लगाउनुहोस् र कपाल छोप्न स्विमिङ क्याप प्रयोग गर्नुस् ।

-कम्तीमा पनि एक घन्टाअघि केही नखानुस् । पानी र खाना मिसिएर पेट दुख्न सक्छ ।

-पौडिएर निस्किसकेपछि साबुनपानीले नुहाउनुस् । यसो गर्दा स्विमिङ पुलको पानीमा रहेको केमिकल तपाईंको शरीरबाट निस्कन्छ ।
-लामो समयसम्म पानीमा बस्दा तपाईंको छाला सुक्खा हुन सक्छ । त्यसैले नुहाइसकेपछि फेरि शरीरका हरेक अंगमा मोस्चराइजर लगाउनुस् ।
-शरीर मज्जाले सुकाएपछि मात्रै कपडा लगाउनुस् । यदि कुनै अंग अझै चिसो छ भने सुक्खा टावेलले पुछ्नुहोस् ।

-स्विमिङले शरीरलाई लचकदार बनाउँछ ।

-हृदयलाई फाइदा गर्छ । धमनीलाई सशक्त बनाउँछ । मुटुलगायत शरीरका संवेदनशील भाग सुन्निएको अवस्थामा पनि नियमित स्विमिङ गरे ठीक हुँदै जान्छ ।

– स्विमिङबाट शरीरको क्यालोरी खर्च हुने भएकाले तपाईंलाई फिट रहन सहयोग गर्छ । त्यस्तै, यसले मानसिक रूपमा पनि तपाईंलाई मजबुत र स्वस्थ बनाउँछ ।