२०८१ जेठ ७ , सोमवार

‘सकम्बरी’ चर्चा सेलाउन नपाउँदै ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा प्रकाश सपुत

सुनाखरी न्युज/ काठमाडौँ । प्रकाश सपुतको ‘सकम्बरी’ चर्चा सेलाउन नपाउँदै ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारी छन् ।

 

‘बोल माया’ प्रकाशको सांगीतिक करिअरकै सबैभन्दा चर्चित गीत हो । यो गीतको सिरिजका रूपमा भने प्रकाशले ‘दमाई महाराज’ बोलको गीत ल्याउने भएका छन् । उनले गीतका बारे फेसबुकमार्फत जानकारी दिएका छन् । ‘भनेको थिएनी – यो साल २०८० मा मैले “जातिय विभेद विरुद्दको वर्ष” को रुपमा आफ्ना सिर्जनाहरु ल्याउने छु ।

 

यसको सुरुवात स्वरूप नयाँ सिर्जनाको टाइटल जुरेको छ दमाई महाराज’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘मेरो करियरका दुई कोशे ढुङ्गा गलबन्दी र ‘बोल माया’ कै अर्को भाग हो दमाई महाराज । बोल मायाको दोस्रो भागमा उनले बाध्यताले अरब जाने र दुर्भाग्यवश काठको बाकसमा फर्किनेको विरक्त लाग्दो कथा पस्किने समेत बताएका छन् ।