२०८१ बैशाख ११ , मंगलबार

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का थप १२ खेल सम्पन्न

सुनाखरी न्युज/ काठमाडौँ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप१२ खेल सम्पन्न भएका छन् । ‘लिगकम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो । लिगमा१६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन् ।

तीनदिनचल्ने लिगको दोस्रोदिन सम्पन्न १२औं खेल प्राइम बैंकले जितेको छ । प्राइमले महालक्ष्मीविकास बैंकलाई २३ रनले हराएको हो । उक्त खेलमाप्राइमकाकितार्थ शाक्यम्यानअफ द म्यान घोषित भए । प्रभु बैंकविरुद्धको १३औं खेलएनएमबि बैंकले ७विकेटले जितेको छ । उक्त खेलमाएनएमबिकाअनिलबर्तौलाले म्यानअफ द म्याचको उपाधिपाए । १४औं खेल महालक्ष्मीविकास बैंकले जितेको छ । सिटिजन्स बैंकसँगको खेल महालक्ष्मीले ४३ रनले जितेको हो । यो खेलमामहालक्ष्मीका सागर गुप्ताम्यानअफ द म्याच घोषित भए । १५औं खेल सनराइज बैंकले हिमालयन बैंकलाई ५ विकेटले हरायो । यो स्पर्धाको म्यानअफ द म्याचको उपाधिमनोज विष्टले पाए ।

१६औं खेलमागरिमाविकास बैंकलाई ४८ रनले पछि पार्दै कामना सेवाविकास बैंक विजेताबन्यो । उक्त म्याचमाकामना सेवाका समीर क्षेत्रीम्यानअफ द म्याच घोषित भए । १७औं खेलमाएनएमबि बैंकलाई १ विकेटले पछि पार्दैएनआइसीएसियाविजेताबन्यो । यस खेलमाएनआइसीएसियाका सनमधामीम्यानअफ द म्याच घोषित भए । १८औं खेल कुमारी बैंकलाई ४८ रनले हराउँदै कामना सेवाविकास बैंकले जितेको छ । यसमाकामना सेवाका रिमेश रेग्मीम्यानअफ द म्याचभए । त्यसैगरी, १९औं खेल सनराइज बैंकले ५ विकेटले जितेको छ । यसमा सनराइज र माछापुच्छ«े बैंकबीचप्रतिस्पर्धा भएको थियो । म्यानअफ द म्याचको उपाधि सनराइजकामनोज विष्टले पाए ।

२०औं खेलमाकुमारी बैंकलाई २ रनले हराउँदै लुम्बिनीविकास बैंक विजेताबन्यो । यसको म्यानअफ द म्याचलुम्बिनीविकास बैंकका लक्ष्मण प्रधानभए । २१औं खेलमा माछापुच्छ«े बैंकले आइसिएफसीफाइनान्सलाई ५ विकेटले हरायो । यसमा माछापुच्छ«ेका श्रीजन सुवेदीले म्यानअफ द म्याचको उपाधिपाए । त्यस्तै २२औं खेल सिटिजन्स बैंकले ४ विकेटले जितेको छ । २२औं खेलकाप्रतिस्पर्धी सिटिजन्स बैंक र श्री इन्भेस्टमेन्ट फाइनान्सथिए । २२औं खेलको म्यानअफ द म्याच सिटिजन्सका सुमन पोखरेल भएकाथिए । २३औं खेल लुम्बिनीविकास बैंकले १८ रनले जित्यो । यसमालुम्बिनी र गरिमाविकास बैंकबीचप्रतिस्पर्धा भएको थियो । २३औं खेलको म्यानअफ द म्याचलुम्बिनीका देव साह बने ।

यस प्रतियोगिताका३१ मध्ये २३ खेल सम्पन्न भएका छन् । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरेर खेलाइएको छ । प्रत्येक समूहकाउत्कृष्ट दुई टोली क्वार्टरफाइनलप्रवेश गर्नेछन् । खेल १० ओभर प्रतिइनिंग्समाचलिरहेको छ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमाविकास बैंक, लुम्बिनीविकास बैंक, कामना सेवाविकास बैंक, आईसीएफसीफाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मीविकास बैंकको सहभागिता छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यानअफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डरलगायतविभिन्नविधाकाउत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदानगरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत भइरहेको छ ।