२०८१ जेठ ५ , शनिवार

महिनावारीको समयमा अत्याधिक पेट दुख्छ ? यस्ता खानेकुराहरु खानुहोस दुखाइ कम हुन्छ

सुनाखरी न्युज/ काठमाडौँ । महिनावारीको बेला केही खानेकुराले पेटको दुखाईलाई कम गर्दछ । केही खानेकुराले औषधि जसरी नै काम गर्दछन् ।

 

महिनावारीको समयमा आत्याधिक पेट दुख्यो भने उमालेको बिरेनुन पानी सेवन गर्दा पेटको दुखाइ कम हुन्छ । हरियो तरकारी महिनावारीको समयमा एकदमै फाइदाजनक हुन्छन् । महिनावारीको बेला पेट दुखाईबाट बच्न  हरियो तरकारी प्रसस्त मात्रामा खानु पर्दछ ।  केराले महिनावारीको बेला पेटमा हुने दुखाईलाई कम गर्न सक्छ । त्यसैले महिनावारीको बेला केराको सेवन गर्नु एकदमै फाइदाजनक हुन्छ ।  महिनावारीको समयमा ज्वानो वा ज्वानोको चिया पिउन सकिन्छ । जसले पेटको दुखाईबाट राहत दिन्छ ।

 

सोंफको चिया पनि महिनावारीको बेला एकदमै राम्रो घरेलु औषधि मनिन्छ । यसलाई बिहानको समयमा पिउने गर्दा दिनभर ताजगी महसुस हुनुका साथै पेटको दुखाई पनि कम हुन्छ । पोषक तत्व प्रसस्त मात्रामा पाइने फलफूलको सेवन पनि एकदमै राम्रो उपाय हो । यसले पेटको दुखाई कम गर्नुका साथै महिनावारीमा हुने कमजोरीलाई पनि कम गर्दछ । जसले गर्दा शरीर ऊर्जावान हुन्छ ।