२०८० चैत्र १६ , शुक्रवार

हिमाल दोलखा हाइड्रोको हकप्रद शेयर आजदेखि बिक्रीमा

सुनाखरी न्युज/ काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब २० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । उक्त अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले विक्री खुला गरेको हो । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैशाख २७ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा बैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । योग्य आवेदनहरूले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । साथै मेरो शेयर सफ्टेयर र एपमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड रहेको छ । ७५ प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ ।

 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखामार्फत आवेदन दिन सक्नेछन् ।