२०८१ जेठ ७ , सोमवार

एनआई सी एशिया बैंकका ग्राहकहरूलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा डिजिटल भुक्तानीगर्दा १५ प्रतिशतसम्म छुट प्राप्त हुने

सुनाखरी न्युज/ काठमाडौँ । ‘डिजिटल फष्र्ट बैंक’बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस एनआई सी एशिया बैंकका आफ्ना ग्राहक महानुभावहरू लाई काठमाडौं स्थित बसुन्धारामा अवस्थित काठमाडौं विश्वविद्यालय बाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवालिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ ।

 

सो सम्बन्धी समझदारीपत्रमा यस बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमललम्साल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. बुद्धिमान श्रेष्ठज्यूले हस्ताक्षर गर्नुभयो । उक्त समझदारी अनुसार यस बैंकमाखाता सञ्चालन गर्नु भई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहनु भएका ग्राहक महानुभावहरूले यो फाइदा उपभोग गर्न सक्नुहुनेछ । जसअन्तर्गत स्पेशल डेन्टल सर्भिसमा७प्रतिशत, अपरेशनतथा जेनरल डेन्टल सर्भिसमा १० र ल्याब, बेड (जेनरल वार्ड) तथाहोल बडी चेकअपमा १५ प्रतिशत छुट हुने दुबै पक्षबीच समझदारी भएको छ । डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरु समक्ष पु¥याउने हेतुलेबैंकले यस सहकार्यलाई अगाडि बढाएको हो भने भविष्यमा समेत बैंकले यसैगरी डिजिटल भुक्तानीलाई बढावा दिनकालागि यस खालका सहकार्यलाई बढाउदै लैजाने लक्ष्यलिएको छ । मुलुकमाभुक्तानीको माध्यमउत्साहजनक रुपमा नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीचयस खालका साझेदारीले परम्परागतभुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।

 

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६०शाखाकार्यालयहरू, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहितशाखा सञ्जालविस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतजनतालाई सेवादिन यस बैंक सफलभएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथाउच्चआर्थिक वृद्धिमा टेवा पु¥याउनउत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममाप्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गतआर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिलागर्ने बैंकको रुपमा स्थापितहुन बैंक सफलभएको छ । जुन समग्र देशको अन्यकम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो ।

वित्तीय समावेशीकरणका लागिमुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थितिन्यून रहेका दुर्गम जिल्लाहरूमातथाकुनै पनि बैंक तथावित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीयनिकायहरूमाशाखाविस्तार गरी सञ्चालनगर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना७२% शाखाकार्यालयहरू स्थापना गरेको छ ।